सभामुख ओनसरी घर्ती र आई.पी.यु अध्यक्ष बीच भेटवार्ता


सम्माननीय सभामुख ओनसरी घर्ती र अन्तर व्यवस्थापिका संघ (आई पी यु) का अध्यक्ष तथा बंगलादेशका सांसद Saber Hossain Chowdhury बीच भेटवार्ता भएको छ । सभामुखज्यूको कार्यकक्ष सिंहदरवारमा उहाँहरुविच आज बिहान आधा घण्टा लामो भेटवार्ता भएको हो ।
 
आजै स्वदेश फर्कन लाग्नुभएका आई पी यु अध्यक्ष Saber Hossain Chowdhury ले नेपालको व्यवस्थापिका संसद मा भईरहेका काम र समसामयीक अवस्थावारे चासो व्यक्त गर्नुभएको थियो । उहाँले विश्वका केही देशमा संसदलाई असजिलो पार्नेगरी काम भईरहेको उल्लेख गर्दै ती देशहरुमा छिट्टै IPU ले अध्ययन गरेर समस्या समाधानको पहल गर्ने बताउनु भयो । संसदलाई अप्ठ्यारो पार्ने अवस्थामा सृजना भएमा IPU सधै संसदको पक्षमा उभिने Saber Hossain Chowdhury ले बताउनु भयो ।
 
सभामुख ओनसरी घर्तीले नेपालको समसामयीक अवस्थावारे जानकारी गराउदै केही दिन भित्रै स्थानीय तहको चुनाव हुन गईरहेको र यो चुनाव संविधान कार्यान्वयनका लागि महत्वपूर्ण रहेको बताउनु भयो । अघिल्लो IPU बैठकका क्रममा आफुले बंगलादेशको Chittagong बन्र्दगाह भ्रमण गरेको स्मरण गर्दै सभामुख ओनसरी घर्तीले नेपाल र बंगलादेश सरकारले अवस्यक थप समझदारी बनाएर सो बन्र्दगाह नेपालले छिट्टै प्रयोग गर्न पाउने अवस्था सृजना गर्नुपर्ने बताउनु भयो । उहाँले बंगलादेश र नेपालको संसद–संसद र सांसद –सांसद विचको सम्वन्ध अझ बलियो र बाक्लो बनाउनु पर्ने धारणा राख्दै बंगलादेशका सम्माननीय सभामुखलाई नेपाल भ्रमणको निम्तो समेत दिनुभयो ।
 
भेटमा संसद सचिवालयका महासचिव मनोहर प्रसाद भट्टराई नेपाल स्थित बंगलादेशी दुतावासका कन्सुलर Asit Baran Sarker लगायतको सहभागिता थियो ।