सम्माननीय सभामुख ओनसरी घर्तीद्वारा मतदान


सम्माननीय सभामुख ओनसरी घर्तीले माडिचौर जंकोट बाल उदय माविमा रहेको मतदान केन्द्रमा बिहान ७ बजेर एक मिनेट जादा मतदान गर्नु भएको छ। उहासंगै माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले पनि मतदान गर्नु भएको हो ।

 

बिहान ६ बजेर ५० मिनट जांदा मतदाताहरु संगै लाइनमा बस्नु भएकी सभामुख घर्तीले यस केन्द्रबाट पहिलो मतदाताको रुपमा मतदान गर्नुभएको थियो । सभामुख ओनसरी घर्ती र माओवादी युवा नेता वर्षमान पुन 'अनन्त' आफुसंगै लाईनमा बसेर मतदान गरेको देखेर लामबद्द स्थानिय मतदाताहरु खुशी देखिन्थ्ये ।

 

"आवधिक निर्वाचन लोकतन्त्रको अभिन्न पक्ष हो । निर्वाचनमा मतदान गर्नु आम नागरिकको कर्तव्य हो । संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत बिकास गर्दै संविधानको समयबद्ध कार्यान्वयन गराउन राज्यका नेतृत्व तह सहित सवै पक्षले आफ्नो भुमिका निभाउनु पर्दछ । त्यही कर्तव्य र भुमिका निभाउन मैले रोल्पा नगरपालिका ७ स्थित बाल उदय मा.विमा मतदान गरेको छु ।"-सम्माननीय सभामुख ओनसरी घर्ती