संसद बैठक


व्यवस्थापिका–संसद

तेस्रो अधिवेशन

दैनिक कार्यसूची

२०७४ असोज २६ गते

बिहीबार

दिनको १ः०० बजे

(सम्भावित कार्यक्रम)

 

व्यवस्थापन कार्य

मा० उपप्रधानमन्त्री एवं शिक्षा मन्त्री श्री गोपालमान श्रेष्ठले :-
(क) "महिला, बालबालिका, ज्यष्ठ नागरिक र समाज कल्याण समितिको प्रतिवेदन सहितको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७३ माथि छलफल गरियोस् " भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।
 
(ख) "राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७४ लाई पारित गरियोस्" भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।
 
(ग) "महिला, बालबालिका, ज्यष्ठ नागरिक र समाज कल्याण समितिको प्रतिवेदन सहितको राजर्षिजनक विश्वविद्यालय विधेयक, २०७१ माथि छलफल गरियोस्" भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।
 
(घ) "राजर्षिजनक विश्वविद्यालय विधेयक, २०७४ लाई पारित गरियोस्" भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।
 
मनोहरप्रसाद भट्टराई
व्यवस्थापिका–संसदको महासचिव