कार्य व्यवस्था शाखा


परिचय
व्यवस्थापिका–संसदको बैठक व्यवस्थापन सम्बन्धी कार्य एवं कार्यव्यवस्था परामर्श समितिको सचिवालयको रुपमा कार्य गर्न र सभामुखको निर्देशन बमोजिम बैठकका कार्यसूची तयार गरी बैठक संचालनमा सम्माननीय सभामुखलाई आवश्यक सहयोग गर्ने र सो सम्बन्धी सूचना प्रवाह गर्ने कार्यका लागि कार्यव्यवस्था महाशाखा र सो अन्तर्गत कार्यव्यवस्था शाखा रहेको छ । कार्यव्यवस्था शाखाको काम र कर्तव्य निम्नानुसार रहेको छ ।

 

परिचय
व्यवस्थापिका–संसदको बैठक व्यवस्थापन सम्बन्धी कार्य एवं कार्यव्यवस्था परामर्श समितिको सचिवालयको रुपमा कार्य गर्न र सभामुखको निर्देशन बमोजिम बैठकका कार्यसूची तयार गरी बैठक संचालनमा सम्माननीय सभामुखलाई आवश्यक सहयोग गर्ने र सो सम्बन्धी सूचना प्रवाह गर्ने कार्यका लागि कार्यव्यवस्था महाशाखा र सो अन्तर्गत कार्यव्यवस्था शाखा रहेको छ । कार्यव्यवस्था शाखाको काम र कर्तव्य निम्नानुसार रहेको छ ।

कार्यव्यवस्था शाखाको काम र कर्तव्य
यस शाखाले सम्पादन गर्ने कार्यहरु बुँदागत रुपमा देहाय बमोजिम उल्लेख गरिएको छ ः–
व्यवस्थापिका–संसदको सभामुखको निर्देशन एवं कार्यव्यवस्था परामर्श समितिको निर्णयानुसार बैठकको कार्यसूची तयार गरी व्यवस्थापिका–संसद सदस्य लगायत सम्बन्धित पदाधिकारीहरुलाई वितरण गर्ने ।
बैठक संचालनको लागि व्यवस्थापिका–संसद नियमावलीमा निर्धारित प्रक्रियाहरुलाई लिपिवद्ध गरी व्यवस्थापिका–संसदको दैनिक कार्यसूची अनुसार बैठक संचालनका लागि वाचन पत्र तयार गर्ने ।
अघिल्लो बैठकको संक्षिप्त विवरण समावेश भएको सूचनापत्र तयार गरी वितरण गर्ने ।
बैठक अवधिको कार्यवृत्त (जर्नल) तयार गरी सम्बन्धित पदाधिकारी एवं पुस्तकालयलाई उपलव्ध गराउने एवं आफ्नो शाखामा अभिलेख राख्ने ।
माननीय सदस्यहरुबाट प्राप्त बैठकमा अनुपस्थित रहने सूचना नियमानुसार सभामुखबाट तथा बैठकबाट स्वीकृत गराउने व्यवस्था गर्ने ।
संसदीय दलहरुबाट प्राप्त संसदीय दलका नेता तथा पदाधिकारीहरुको नियुक्ति, राजिनामा एवं हेरफेर भएको पत्रहरुलाई कार्यव्यवस्था परामर्श समितिको बैठक समक्ष प्रस्तुत गर्ने ।
कार्यव्यवस्था परामर्श समितिको बैठक संचालनमा सहयोग पु¥याउने र निर्णयहरु सम्बन्धित निकाय, पदाधिकारी एवं शाखाहरुलाई जानकारी गराउने ।
व्यवस्थापिका–संसदमा समय समयमा गठन हुने विशेष समिति, जाँचबुझ समिति, छानविन समिति तथा सभाले गठन गर्न सक्ने अन्य समितिहरु गठन गर्ने प्रस्तावहरु पेश गर्ने साथै निर्णयानुसार माननीय सदस्यहरुलाई वितरण गर्ने र बैठक समक्ष पेश गर्ने व्यवस्था मिलाउने ।
नियमावलीले निर्देशित गरे बमोजिम बैठकमा पेश हुने विभिन्न किसिमका प्रस्तावका फारामहरु तयार गरी आवश्यकतानुसार माननीय सदस्यहरुलाई उपलब्ध गराउने ।
माननीय सदस्यहरुबाट प्राप्त विभिन्न किसिमका प्रस्तावहरु दर्ता गर्ने, सम्बन्धित मन्त्रालयमा पठाउने, उत्तर प्राप्त गर्ने र व्यवस्थापिका–संसदका सभामुख र कार्यव्यवस्था परामर्श समितिको निर्णयानुसार प्रस्तावसँग सम्बन्धित मन्त्री एवं सदस्यसँग परामर्श गरी बैठकमा पेश गर्ने, प्रस्तावमाथि छलफल गराउने र आवश्यक निर्णयको लागि व्यवस्था मिलाउने ।
नियमावलीले निर्देशित गरे बमोजिम उक्त प्रस्तावहरु उपर माननीय सदस्यहरुबाट प्राप्त हुने संशोधनका फारामहरु वितरण गर्ने, संशोधनहरु दर्ता गर्ने एवं बैठकमा पेश गर्ने व्यवस्था मिलाउने ।
विधेयक शाखाबाट प्राप्त विधेयकहरु नियमावलीले निर्देशित गरे बमोजिम बैठकमा पेश गर्ने व्यवस्था मिलाउने र छलफलका विभिन्न चरणहरु पार गर्दै बैठकबाट पारित गराउने सम्मका कार्यहरु गर्न व्यवस्था मिलाउने ।
विधेयक शाखाबाट प्राप्त अन्तर्राष्ट्रिय सम्झौता, सन्धी, महासन्धिहरुलाई व्यवस्थापिका–संसदको बैठकबाट सम्मिलन, स्वीकृति वा समर्थन गराउन प्रस्ताव तयार गरी बैठकमा पेश गर्ने व्यवस्था मिलाउने ।
अधिवेशन नभएको समयमा जारी भएका अध्यादेशहरु बैठक बसेपछि पेश गरी स्वीकृत गराउन आवश्यक व्यवस्था मिलाउने ।
सरकार प्रमुखबाट नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम सदन समक्ष पेश गर्न आवश्यक व्यवस्था मिलाउने । 
प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम सदन समक्ष छलफलको लागि प्रस्तुत गर्ने एवं पारित गर्न आवश्यक व्यवस्था मिलाउने ।
अघिल्लो आर्थिक वर्षको आर्थिक सर्वेक्षण माननीय अर्थमन्त्रीले बैठक समक्ष पेश गर्न व्यवस्था मिलाउने ।
माननीय अर्थमन्त्रीद्वारा चालु आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) बैठक समक्ष पेश गर्न आवश्यक व्यवस्था मिलाउने ।
माननीय अर्थमन्त्रीले पेश गरेको बजेटमाथि छलफल गराउने, विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत एवं मन्त्रालयका शीर्षकगत बजेटहरुमाथि छलफल गराउने, खर्च कटौतीका प्रस्तावहरु प्रस्तुत गर्ने एवं विनियोजन विधेयक पारित गराउने सम्मका प्रक्रियाहरु मिलाउने ।
बजेट सम्बन्धी अन्य पूरक विधेयकहरु जस्तो आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत विधेयक, पेश्की खर्च विधेयकहरु प्रस्तुत गर्ने र पारित गराउने सम्मका प्रक्रियाहरु मिलाउने ।
 
कार्यरत कर्मचारीहरु
 
क्र.सं. नाम, थर पद
डा० भरतराज गौतम सह सचिव
श्री मदन प्रसाद पोखरेल उप सचिव
श्री राजन घिमिरे शाखा अधिकृत
श्री सरस्वती मरहट्टा शाखा अधिकृत
श्री सुरेश राज सेढाई कम्प्युटर अधिकृत
श्री राकेश प्रसाद साह  खरिदार
श्री श्रीराम तिवारी बैठके
8 श्री रोशनी के.सी का.स.

 

२०७४ असोज २७ गते बस्ने संसद बैठकको सम्भावित कार्यसूची 2017-10-13 २०७४ असोज २६ गते बस्ने संसद बैठकको सम्भावित कार्यसूची 2017-10-12 २०७४ असोज २४ गते बस्ने संसद बैठकको सम्भावित कार्यसूची 2017-10-09 २०७४ असोज २२ गते बस्ने संसद बैठकको सम्भावित कार्यसूची 2017-10-08 २०७४ असोज २० गते बस्ने संसद बैठकको सम्भावित कार्यसूची 2017-10-04 २०७४ असोज ९ गते बस्ने संसद बैठकको सम्भावित कार्यसूची 2017-09-06 व्यवस्थापिका-संसदको बैठक सम्बन्धी जरुरी सूचना 2017-08-31 २०७४ भदौ १२ गते बस्ने संसद बैठकको सम्भावित कार्यसूची 2017-08-25 २०७४ भदौ ५ गते बस्ने संसद बैठकको सम्भावित कार्यसूची 2017-08-18 २०७४ साउन ३१ गते बस्ने संसद बैठकको सम्भावित कार्यसूची 2017-08-13 २०७४ साउन २६ गते बस्ने संसद बैठकको सम्भावित कार्यसूची 2017-08-10
    कुनै गतिविधिहरु छैनन् ।