प्रश्न तथा विवरण शाखा


प्रश्न तथा विवरण शाखाको परिचय 
प्रश्न तथा विवरण शाखाले सभाको बैठकमा माननीय सदस्यहरुद्वारा मन्त्रीहरुलाई सोधिने प्रश्नहरु सम्पादन गरी बैठकमा प्रस्तुत गर्ने व्यवस्था मिलाउने तथा माननीय सदस्यहरुले बैठकमा बोल्नुभएको सम्पूर्ण विवरण रेकर्डिङ्ग गरी उतारेर सम्पूर्ण विवरण  तयार गर्ने कार्य गर्दछ ।  

यस शाखाले सम्पादन गर्ने कार्यहरु बुंदागत रुपमा निम्नानुसार रहेका छन् :

  •  माननीय सदस्यहरुद्वारा मा. मन्त्रीहरुलाई सोधिने प्रश्नोत्तरको फाराम वितरण गर्ने, ल्याइएका प्रश्नहरु दर्ता गर्ने, प्रश्नको मूल आशय परिवर्तन नहुने गरी भाषा मिलाएर टिप्पणीको रुपमा पेश गर्ने ।
  • सभामुखज्यूूबाट प्रश्नहरु अस्वीकृत भएमा सम्बन्धित मा. सदस्यहरुलाई जानकारी गराउने र स्वीकृत भएमा सम्बन्धित मन्त्रालयमा उत्तर प्राप्त गर्न सोधी पठाउने ।
  •  सम्बन्धित मन्त्रालयबाट उत्तर प्राप्त भएपछि कार्यव्यवस्था परामर्श समितिले निर्धारण गरे अनुसार मा. सदस्य र सम्वन्धित मन्त्रिलाई जानकारी गराई बैठकमा प्रस्तुत गर्ने व्यवस्था मिलाउने ।
  •  प्रश्न र उत्तरका प्रतिहरु एकिकृत गरी प्रश्नोत्तरको विवरण भएको पुस्तिका तयार गर्ने ।

कुनै सूचनाहरु छैनन् ।
    कुनै गतिविधिहरु छैनन् ।
    कुनै प्रकाशनहरु छैनन् ।