कानून शाखा


कानून शाखाले गर्ने कार्यहरु :
 व्यवस्थापिका–संसद र सो सभाद्वारा बनाइएका विभित्र समितिहरु, सचिवालयसँग सम्बन्धित विभिन्न कानूनी विषयहरुमा आवश्यकतानुसार कानूनी राय, परामर्श उपलब्ध गराउने ।
 संवैधानिक प्रश्न समावेश भएको व्यवस्थापिका–संसद पक्ष वा विपक्ष भएको मुद्दामा लिखित जवाफ प्रस्तुती लगायत कानूनी प्रतिरक्षा र प्रतिनिधित्व गर्ने साथै सो लिखित जवाफ वा प्रतिउत्तर सम्बन्धित अदालतमा पठाउने ।
 व्यवस्थापिका–संसदमा उठ्न सक्ने विशेषाधिकारको प्रश्न, विधेयकमा संशोधन प्रस्ताव, संकल्प प्रस्ताव, ध्यानाकर्षण प्रस्ताव लगायतका निर्णयको ढाँचा, मस्यौदा आदिको जाँच गर्ने ।
 नियमावलीहरुको व्याख्या गर्ने कार्यमा सम्बन्धित पदाधिकारीलाई सहयोग गर्ने ।
 विधेयक प्रस्तुत गर्ने प्रक्रिया र प्राथमिकता सम्बन्धमा राय, परामर्श दिने ।
 सन्धि, सम्झौताहरुको अनुमोदन तथा अन्य प्रक्रियागत विषय एवं अन्तर्राष्ट्रिय कानूनका विषयमा परामर्श दिने ।
 अन्तरव्यवस्थापिका संघ एवं अन्तरसंसदीय मैत्री समूहहरु तथा सचिवालयको आन्तरिक कार्यविधि सम्बन्धी कार्यमा आवश्यकतानुुसार मौखिक तथा लिखित परामर्श दिने ।
 व्यवस्थापिका–संसद सचिवालय सम्बन्धी आन्तरिक काम कारवाही एवं नीति तर्जुमामा राय दिने ।
 सचिवालयसँग सम्बन्धित ऐन, कानून निर्माण संशोधन र परिमार्जनको लागि मस्यौदा तयार गर्ने ।
द्दछ
 व्यवस्थापिका–संसद सचिवालयको तर्फबाट नेपाल राजपत्रमा प्रकाशन गर्नुपर्ने सूचनाहरुको मस्यौदा गर्ने 

कुनै सूचनाहरु छैनन् ।
    कुनै गतिविधिहरु छैनन् ।
    कुनै प्रकाशनहरु छैनन् ।