आन्तरिक सेवा शाखा


आन्तरिक सेवा शाखा
(१)        सचिवालयको भवन तथा सामानहरुको खरिद, संरक्षण, व्यवस्थापन र मर्मत संभार गर्ने, गराउने,
(२)        सचिवालयको सरसफाई र सुरक्षाको व्यवस्था गर्ने,
(३)        संसदीय दलको कार्यालयको सुपरिवेक्षण गर्ने,
(४)        कार्यालय सामानको भण्डारण तथा वितरण गर्ने,
(५)        जिन्सी (स्टोर) को व्यवस्थापन सम्बन्धी कार्य गर्ने

व्यवस्थापिका–संसद तथा संविधानसभाको बैठक बस्ने सभाकक्ष, विभिन्न संसदीय दलका कार्यालय र सचिवालय परिसरभित्र निर्माण, मर्मत, संभार, सुधार एवं कार्यालयको आन्तरिक, भौतिक एवं प्राविधिक व्यवस्थापन मिलाउनुका साथै यस शाखाले सम्पादन गर्ने अन्य प्रमुख कार्यहरु निम्नानुसार छन् :

  • सचिवालय भवन र सचिवालय परिसरमा भएका विविध संरचनाहरुको मर्मत, संभार एवं व्यवस्थाका लागि आवश्यक व्यवस्था मिलाउने ।
  • स्टोरमार्फत सचिवालयका लागि आवश्यक जिन्सी सामान आपूर्ति, भण्डारण तथा वितरण गर्ने ।
  • सचिवालयका महत्वपूर्ण कार्यहरुमा  फोटोग्राफी सम्बन्धी सेवा उपलब्ध गराउने ।  
  • सचिवालयको आन्तरिक व्यवस्थापन सम्बन्धी अन्य कार्य गर्ने ।

कुनै सूचनाहरु छैनन् ।
    कुनै गतिविधिहरु छैनन् ।
    कुनै प्रकाशनहरु छैनन् ।