आर्थिक प्रशासन शाखा


आर्थिक प्रशासन सम्बन्धी

(१)        बजेट तयारी सम्बन्धी कार्य गर्ने,

(२)        विनियोजित वजेटको अधिनमा रही अधिकार प्राप्त अधिकारीको स्वीकृतमा रकम खर्च गर्ने,

(३)        रकम निकासा सम्बन्धी कार्य गर्ने,

(४)        भए गरेको खर्चको अभिलेख राख्ने,

(५)        लेखापरीक्षण गराउने,

(६)        बेरुजु फछ्र्यौट सम्बन्धी कार्य गर्ने ।

 

व्यवस्थापिका–संसद तथा सचिवालयलाई प्राप्त अख्तियारी एवं कार्यक्रम अनुसार बजेट बनाउने, निकासा प्राप्त गर्ने नियमानुसार खर्च गर्ने, त्यसको अभिलेख राख्ने, खर्च गरिएको रकमहरुको आन्तरिक तथा अन्तिम लेखापरीक्षण गराउने एवं लेखापरीणबाट दर्शाइएका बेरुजु फर्छ्यौट गराउने लगायतका आर्थिक कारोवारलाई व्यवस्थित रुपले संचालन गर्नु यस शाखाको प्रमुख कार्य हो ।   यस शाखाबाट सम्पादन गरिने अन्य कार्यहरु निम्नानुसार रहेका छन्:   

  • संविधानसभाका अध्यक्ष, उपाध्यक्ष, पदाधिकारी लगायत मा. सदस्यहरुले ऐन नियमानुसार पाउने पारिश्रमिक, सेवा सुविधाका रकमहरु प्रदान गर्ने ।
  • व्यवस्थापिका–संसद सचिवालयका कर्मचारीहरुलाई नियमानुसारको तलब, भत्ता लगायतका अन्य सेवा, सुविधा उपलब्ध गराउने ।
  •  व्यवस्थापिका–संसद तथा संविधानसभा र सचिवालयको संचालनको लागि वजेटमा विनियोजन गरिएको रकम रीतपूर्वक खर्च गर्ने ।
  • आर्थिक पक्षसँग सम्बन्धित विषयमा व्यवस्थापनलाई राय सुझाव प्रदान गर्ने ।
  •  आर्थिक प्रशासन सम्बन्धी निर्णयको कार्यान्वयन गर्ने । 

कुनै सूचनाहरु छैनन् ।
    कुनै गतिविधिहरु छैनन् ।
    कुनै प्रकाशनहरु छैनन् ।